Nepali News Portal

पाँचथरमा मतगणको सबै तयारी पूरा

0

 पाँचथर,मङ्सिर २१
पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको प्रदेश नम्बर १ को उच्च पहाडी जिल्ला पाँचथरमा मतगणनाको अन्तिम तयारी पूरा भएको छ । साँझ ५ बजेदेखि गणना सुरु गर्ने तयारीस्वरुप गणनास्थलमा गणकलाई बस्ने ठाउँ र त्यस बाहिर जाली लगाएर दल र उम्मेद्वारका प्रतिनिधि बस्ने ठाँउ व्यवस्थित गरिएको छ भने सर्बपक्षीय बैठकसमेत सम्पन्न भएको छ ।

राजनैतिक दल तथा तिनका उम्मेदवार र सुरक्षा निकायका प्रमुखसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्पन्न गरेको बैठकमा गणना सुरु भएपछि कुनै किसिमको झमेला नहोस् भनेर न्यूनतम मापदण्ड तयार गरिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए । कर्मचारी मिलनकेन्द्र पाँचथर र पाँचथर सामुदायिक पुस्तकालयमा राखिएका मतपेटिकालाई जिल्ला समन्य समितिको कभर्ड हलमा लगेर गण्ना गरिने भएको छ । गणनास्थलमा चार घेरामा तारजाली लगाउनुका साथै व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँ अहिलेदेखि नै कर्मचारी,दलका प्रतिनिधि र सञ्चारकर्मीको भीड लाग्न थालेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...