Nepali News Portal

मोरङमा ३ बजेसम्ममा ५५ प्रतिशत खस्यो

0


उत्तम पोख्रेल
बेलबारी,मङ्सिर २१
कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदात रहेको मोरङमा ५५ प्रतिशत मत झरेको छ । मुख्य निर्बाचन अधिकृत राजकुमार खतिवडाका अनुसार ३ बजे सम्ममा उत्त मत खसेको हो । बिहानी समयमा चिसो भएकाले मतदाता कम आएको र १ बजेदेखि मात्रै उत्साहजनक रुपमा मतदाता आएको उनले बताए। मतदाताले आफ्नो मतको सदुपयोग गर्न नेतासँग माग गरेका छन् ।

बोलेका कुरा पुर्याउन समेतउनीहरूले भनेका छन् ।यसैबीच, प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार मोरङमा २ जना उम्मेदवारले मतदान गर्न पाएनन् । एमालेका पोलिटब्युरो सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ का एमालेतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकाल र क्षेत्र नम्बर २ का कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार मिनेन्द्र रिजालले आफूले आफैँलाई भोट हाल्न नपाएका हुन् ।

ढकालको काठमाडौंमा मतदाता नामावली रहेको छ भने रिजालको विराटनगर १ मा रहेको छ । मोरङको क्षेत्र नम्बर ४ मा नाम दर्ता रहेका एमालेतर्फका प्रतिनिधिसभा उम्मेदवार अमृत अर्यालले भने ४ नम्बर क्षेत्रबाटै मतदान गरेका छन् । यता क्षेत्र नम्बर ३ ख मा काँग्रेसका उम्मेदवार ललितबहादुर श्रेष्ठ र एमालेका राजकुमार ओझाले मतदान गरिसकेका छन् । पहिलो चरणको निर्वाचन यही मङ्सिर १० गते ३२ जिल्लामा भएको थियो । बिहीबार ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...