Nepali News Portal

अमृत अर्यालले गरे विराटनगरबाटै मतदान

0

 किशोर विश्वकर्मा
विराटनगर,मङ्सिर २१
नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत अर्यालले विराटनगरस्थित सन्सारीमाईस्थानको मतदानकेन्द्रबाट मतदान गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्यालले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन ऐतिहासिक भएको बताए ।

साथै उनले जनताको अभिमत मुखरित हुने निर्वाचनले गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने धारणा राखे । अर्यालले अब राजनीतिक स्थिरता र विकास नै नेपालको प्राथमिकता हुने बताए । उनले प्रदेश र तिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै दुई दशक लामो राजनीतिक अस्थिरता अन्त्य भएको दाबी गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...