Nepali News Portal

उपेन्द्र यादवद्वारा विराटनगरमा मतदान

0

मोरङ, मङ्सिर २१
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगरको स्नातकोत्तर क्याम्पसस्थित मतदानकेन्द्रबाट मतदान गरेका छन् । उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडिरहेका छन् । मतदानबारे कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सप्तरीमा भएपनि विराटनगरमा मतदाता नामावली रहेकाले यहींबाट मतदान गरेको प्रष्ट पारे ।

मधेसी गठबन्धन मधेसीको हकको संरक्षणका लागि बनेको हुँदा मधेसी नागरिकले गठबन्धनकै पक्षमा मत दिनुपर्ने उनको भनाइ छ । मधेसीको अधिकारको रक्षा अरु कसैले नगर्ने भन्दै गठबन्धन निर्विकल्प रहेकोमा जोड दिए । तराइका २२ जिल्लालाई मधेश प्रदेश बनाउने उनको आश्वासन थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...