Nepali News Portal

डर्टमुन्डमाथि रियल मड्रिडको जित, भाजक्वेजको गोल निर्णायक

0

विराटनगर, मंसिर २१
युरोपियन च्याम्यिन्स लिग फुटबलमा रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । बुधबार राति घरमा भएको खेलमा रियलका स्टार क्रिस्यिटानो रोनाल्डोले ऐतिहासिक गोल गरेसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि ३–२ को जित हात पारेको हो ।

यो जितसँगै रियल समूह ‘एच’ बाट समूह उपविजेताको हैसियतमा राउन्ड १६ मा प्रवेश गरेको छ । बुधबारको खेलमा रियलले डर्टमुन्डलाई ३–१ ले हरायो ।

यस खेलमा रोनाल्डोले गरेको गोल ऐतिहासिक थियो । उक्त गोलबाटै रानोल्डो च्यामिपयन्स लिगको छनौट चरणका सबै खेलमा गोल गर्ने एक मात्र खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले च्याम्पियन्स लिगको छनौट चरणका सबै खेलमा सहभागी हुँदै कूल ९ गोल गरेका छन् । यो खेलमा लुकास भाजक्वेजले गरेको गोल निर्णायक बन्यो ।

यो जितसँगै रियल आफ्नो समूहबाट स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । यस समूहबाट टोटनह्याम समूह विजेताको हैसियतमा राउन्ड १६ मा प्रवेश गरेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...