Nepali News Portal

लालबाबु पण्डितले गरे मतदान

0

 मोरङ, मङ्सिर २१
एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका नेता लालबाबु पण्डितले मतदान गरेका छन् । उनले मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा रहेको मतदानकेन्द्रबाट भोट खसालेका हुन् । जिल्लाको ६ नम्बर क्षेत्रमा उनको उम्मेदवारी छ । मतदान गरी फर्कने क्रममा संचारकर्मीसँग कुरा गर्दै नेता पण्डितले अब देश आर्थिक समृद्धिको दीशामा अग्रसर हुने धारणा राखे। कांग्रेसलाई लक्षित गर्दै पण्डितले भने, ‘चुनाव हार्ने भएपछि विपक्षी बर्बराउन थालेका छन् ।’

निर्वाचनपछि वाम गठबन्धनको बहुमत आउने भएकाले कांग्रेस सत्ताच्युत हुने कुराले त्रसित भएको उनको कथन थियो । पूर्व सामान्य प्रशासन मन्त्री पण्डित माओवादी केन्द्रसँगको गठबन्धनमा चुनाव लड्दै छन्। नेपाली कांग्रेसका तर्फबाट डा.शेखर कोइराला प्रतिस्पर्धीका रुपमा उनलाई चुनौती दिइरहेका छन् । विराटनगरकै आदर्श मा. वि. मतदानकेन्द्रबाट मतदान गरेका कोइरालाले कांग्रेसले नेपालमा कुनैपनि स्वरुपको अधिनायकवाद अस्तित्वमा आउन नदिने दाबी गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...