Nepali News Portal

म्यानचेस्टर सिटीको २८ खेलको अपराजित यात्रामा पूर्णविराम, साख्तर बन्यो बाधक

0

विराटनगर, मंसिर २०
इंग्लिस क्बल म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगिएको छ । यो सिजन २८ खेलमा अपराजित रहेको उसलाई च्याम्पियन्स लिगअन्तर्गत छनौट चरणको अन्तिम खेलमा बुधबार राति युक्रेनको क्लबले हराएको हो ।

समूह ‘एफ’को अन्तिम खेलमा इंग्लिस प्रिमियल लिग लिडर म्यानचेस्टर सिटीलाई साख्तर डोनेटस्कले २–१ स्तब्ध बनायो ।

खेलमा साख्तरले ६ मिनेटमै २ गोल गरेको थियो । २६औं मिनेटमा बेर्नाड र ३२ औं मिनेटमा इस्मालीले गोल गरेका थिए । दोस्रो हाफमो अन्त्यमा सिटीको अगुइरोले पेनाल्टीबाट १ गोल गरे पनि त्यस हार टार्न सकेन ।

सख्तरसँग हारेपछि पनि सिटी समूह विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको छ । साख्तर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...