Nepali News Portal

गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ

0

काठमाडौं, मंसिर २१
नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई ताकेर बम विष्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व माओवादीका समूहका ६ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा विप्लप समूहका युवा दस्ता इन्जार्च रवि गोलेसहित ६ जना रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट चिनियाँ पेस्तोलसहित चारवटा बमसमेत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...