Nepali News Portal

दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मतदान

0

काठमाडौं, मंसिर २१
४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा १ बजेसम्म ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि आयोगले बताएको हो।

आयोगका सहायक प्रवक्ता मुकुन्द शर्मा सातवटै प्रदेशमा १ बजेसम्म ४० प्रतिशत मत खसेको बताए। अहिलेसम्म मतदान शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको शर्माले नेपालखबरलार्इ जानकारी दिए। ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।

दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटाएको छ।

आज भइरहेको प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।
रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...