Nepali News Portal

आफूले आफैँलाई मतदान गर्न नपाउने ३ नेता

0

उत्तम पोख्रेल
बेलबारी, मङ्सिर २०
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार मोरङमा ३ जना उम्मेदवारले मतदान गर्न पाएनन् । एमालेका पोलिटब्युरो सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ का एमालेतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकाल,क्षेत्र नम्बर २ का कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ५ का कांग्रेसकै उम्मेदवार अमृत अर्यालले आफूले आफैँलाई भोट हाल्न नपाएका हुन् ।

ढकालको काठमाडौंमा मतदाता नामावलि रहेको छ भने रिजालको विराटनगर १ मा रहेको छ । त्यस्तै अर्यालयको नाम क्षेत्र नम्बर ४ मा रहेको छ । यता क्षेत्र नम्बर ३ ख मा काँग्रेसका उम्मेदवार ललितबहादुर श्रेष्ठ र एमालेका राजकुमार ओझाले मतदान गरिसकेका छन् ।काङ्ग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्मा बेलबारी ४ बाट मतदान गर्दैछन् । यसका साथै मोरङका अन्य क्षेत्रमा पनि उम्मेदवारले मतदान गर्ने क्रम जारी रहेको छ । पहिलो चरणको निर्वाचन यही मङ्सिर १० गते ३२ जिल्लामा भएको थियो । बिहीबार ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान जारी छ

यो पनि हेर्नुहोला:
Comments
Loading...