Nepali News Portal

म्यानचेस्टर सिटीको ठूलो रकमसहितको प्रस्ताव मेस्सीले अस्वीकार गरेको खुलासा

0

मंसिर २० – बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षेर गर्नुअघि स्टार स्ट्राइकर लियोनल मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले ठूलो रकमसहित अनुबन्धको प्रस्ताव गरेको खुलेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मेस्सीलाई हप्ताको ८ लाख ५० हजार पाउण्ड पारिश्रमिकसहितको प्रस्ताव गरेको थियो ।

यस्तै सिटीले अनुबन्धकै बेला ८८ मिलियन पाउण्ड बोनस दिने प्रस्ताव पनि गरेको खबरमा उल्लेख छ । तर मेस्सीले त्यो प्रस्ताव लत्याउँदै बार्सिलोनासँग गएको हप्ता हप्ताको पाँच लाख पाउण्ड पारिश्रमिक लिने गरी सन् २०२१ सम्मका लागि सम्झौता गरेका थिए ।

मेस्सीलाई सिटीले बार्सिलोनाको स्वीकृति बिना नै आफ्ना प्रतिनिधि मार्फत प्रस्ताव गरेको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...