Nepali News Portal

२४ घण्टामा तीनवटा बम

0


उत्तम पोख्रेल
बेलबारी,मङ्सिर २०
मोरङको बेलबारी-४ मा जङ्गलमा लुइकाई राखेको आईडि बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको २४ घण्टा नबित्दै कानेपोखरी-६ को बिहीबारे चौकमा दुईवटा बम फेला परेका छन् । बिहीबारेमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारको छ । चौक र एक किलोमिटर पर बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मतदानको पूर्वसन्ध्यामा बम आतंक मच्चिएपछि मोरङ ३ नम्बर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मंगलबार मात्र बेतना सिमसार छेउको जडिबुटीकेन्द्रको जङ्गलमा लुकाई राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । मोरङ क्षेत्र नम्बर ३ मा गएको २४ घण्टामा तीनवटा बम निष्क्रिय पारिसकिएको छ । जङ्गल आसपासका क्षेत्रलाई लक्षितगरी बम आतंक मच्चाएको पाइन्छ ।

यसैबीच, बेतना सिमसारमा समेत पुन: अर्को बम भेटिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...