Nepali News Portal

नेपाल सहित न्युजिल्यान्ड र अस्ट्रेलियामा पनि ‘कान्छी’ प्रदर्शन

0

विराटनगर, कार्तिक १७
नायक दयाहाङ राई र नायिका श्वेता खड्काको अभिनय रहेको फिल्म ‘कान्छी’को नेपालका साथै अन्य २ देशमा प्रदर्शन पक्का भएको छ । फिल्म ‘कान्छी’ को न्युजिल्यान्ड र अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको हो । गत साता स्वेताको काया फिल्म्स प्रालि र फोरनेशन इण्टरनेशनल प्रा.लि बिच २ देशमा प्रदर्शनको लागि सम्झौता भइसकेको छ । ‘कान्छी’को ‘चरी चट्ट’परि बोलको गीत रिलिज भएको छोटो समयमै निकी चर्चित बनेको छ ।

उक्त देशहरूमा दर्शकको चर्को माग भएको कारण ‘कान्छी’लाई फोरनेशन कम्पनिले त्यहाको लागि प्रदर्शन अधिकार किनेको हो । आकाश अधिकारीको निर्देशनमा रहेर मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा ५० दिन लगाएर उक्त फिल्मको छायांकन सकाइएको हो । फिल्मले माघ २६ गतेलाई प्रदर्शन मिति तय गरेको छ । आफ्नो स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म तयार गरेको श्वेताले बताइन् ।

यस फिल्मको निर्मात्री समेत रहेकी श्वेता र अभिनेता दयाहाङ राईको यस फिल्ममा मुख्य भूमिका रहेको छ भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।श्वेताले ‘कोहिनूर’पछि ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...