Nepali News Portal

बक्स अफिसमा कम्जोर सनी लियोनी

0

एजेन्सी, मंसिर २०
बलिउडकी चर्चित बनेकी अभिनेत्री सनी लियोनीको अभिनय रहेको चलचित्र फ्लप भएको छ । गएको शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘तेरा इन्तजार’ बक्स अफिसमा निकै कम्जोर रहेको छ । यस फिल्ममा सनी लियोनीसँगै अभिनेता अरबाज खानको पनि मुख्य भूमिका रहेको छ ।

फिल्मले प्रदर्शनको चार दिनमा १ करोड ७४ लाखको मात्र व्यापार गरेको छ । पहिलो दिनमा ४६ लाख, दोस्रो दिनमा ४५ लाख, तेस्रो दिनमा ५८ लाख र चौथो दिनमा २५ लाख मात्र कलेक्सन गर्न सफल भएको छ । राजीव वालियाको निर्देशनमा तयार भएको यस फिल्ममा सनी र अरबाजका साथ गौहर खान र अभिनेता आर्य बब्बरको पनि अभिनय रहेको छ ।

फिल्मलाई अमन मेहता र बिजल मेहताको संयुक्त लगानीमा निर्माण गरिएको हो । रोमान्टिक कथामा आधारित रहेको तथा निकै रुचाईएका फिल्मको ट्रेलर तथा गीतहरुको कारणले हलसम्म पुगेका दर्शकहरु निकै निराश भएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...