Nepali News Portal

पहिलो चरणको चुनावमा मुसाको पनि त्रास

0

उत्तम पोख्रेल
बेलबारी,मङ्सिर २०
२०७४ साल नेपालका लागि शैभाग्यशाली वर्षका रुपमा चिनियो । मङ्सिर १० गते पहिलो चरणको चुनाव सकिएसँगै दोस्रो चरणको चुनावले देशलाई ततायो । पहिलो चरण्को चुनावमा सहभागी भइसकेका नेता र दोस्रो चरणको चुनावमा होमिएका नेतामा फरक प्रकृतिको पिडा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका दोस्रो चरणको चुनावमा होमिएका नेतालाई एउटै पिडा छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने लगभग पक्का छ । अन्य नेतालाई भने चुनाव जितिन्छ कि जितिंदैन भन्ने चिन्ता रहेको छ । यता,दोस्रो चरणको चुनावमा रहेकालाई भने मतपेटिका कुर्ने चिन्ता छ । पहिलो चरणको चुनाव सकेर दोस्रो चरणको चुनावका लागि प्रचारप्रसारमा व्यस्त रहेका नेताको अनुहारमा पिडा भने झल्किरहेको थियो ।

पहिलो चरणको चुनाव सकेपछि दोस्रो चरणको चुनावका लागि भाषण गर्दै हिँडेका एमालेका केन्द्रीय सचिव योगेश भटराई,केन्द्रीय सदस्य शेरधन राई, सल्लाकार समतिका सचिव राजेन्द्र गौतम लगायका नेताको पिडा भने मतपेटिका कसरी सुरक्षित राख्ने भन्ने नै थियो । पहिलो चरणको निर्वाचनको मतगणना पनि दोस्रो चरणको निर्वाचनपछि मात्र गरिने भएपछि मतपेटिका जोगउन नेताहरुमा चिन्ता बढको हो । मानिसबाट मात्र नभई मुसाबाट समेत मतपेटिका जोगाउन नसकिएला कि भन्ने डर नेताहरुमा रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...