Nepali News Portal

कमल खत्रीको ‘सुन माया’ सार्वजनिक (भिडियो)

0

विराटनगर, मंसिर २०
युवा पुस्तामाझ निकै चर्चित गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘सुन माया’ बोल रहेको यस गीतको भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । हालै सार्वजनिक भएको यस गीतको भिडियोलाई सबै जनाले मन पराई रहेका छन् ।

उक्त सार्वजनिक भएको ‘सुन माया’मा कमलले आफ्नै शब्द, संगीत तथा स्वर भरेका छन् । गीतको भिडियोमा राहुल शाह र एलिसा शर्माको प्रस्तुति रहेको छ । रोमान्टिक लयमा रहेको यस गीतमा राहुल, एलिसा तथा अन्य कलाकारहरुले खतरा नृत्य प्रस्तुत गरेका छन् ।

एउटा केटाको सपनामा आधारित रहेर यस भिडियोलाई राहुलले निर्देशन तथा कोर्योग्राफ पनि गरेका हुन् । यस गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायांकन गरेका हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...