Nepali News Portal

पूर्वको तीन जिल्लाका तीन नम्बर क्षेत्रमा रोचक प्रतिस्पर्धा

0

उत्तम पोख्रेल
बेलबारी, मङ्सिर २०

प्रदेश नम्बर १ मा पर्ने तीन जिल्लाका ३ नम्बर क्षेत्र दोस्रो चरणको चुनावका लागि विशेष चर्चामा रहेका छन् । झापा मोरङ तथा सुनसरीका ३ नम्बर क्षेत्रको चर्चा चुलिएको हो।

मोरङ-३
मोरङको ३ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल रनेपाली कांग्रेसबाट सुनील शर्मा चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रले राम्रो चर्चा पायो ।ढकालभन्दा पनि सुनील शर्माको उपस्थितिले यहाँको चुनावी
चर्चा उत्कर्षमा पुगेको हो । नोबेल मेडिकल कलेज विराटनगरका संचालकसमेत रहेका शर्मा र ढकालले एकअर्का विरूद्ध भड्किला भाषण गर्न थालेपछि चुनावी रौनक झनै बढेको छ ।

झापा-३
झापाको ३ नम्बर क्षेत्रको आफ्नै विशेषता छ । यस क्षेत्रका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।पार्टीले सिटौलालाई समानुपातिकमा उठाउने निर्णय गरे पनि उनले त्यो निर्णयलाई ठाडै अस्विकार गरे । राप्रपासँग चुनावी लगनगाँठो बाँधेको कांग्रेसले सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई समर्थन गरेको थियो । तर, सिटौलाको ठाडो इन्कारीपछि राजेन्द्रलाई फिर्ता गरेर कांग्रेसले उनलाई नै टिकट दियो । राप्रपाका प्रभावशाली मानिएका नेता लिङदेनले पनि आफ्नो तागत देखाउँदै वाम गठबन्धनसँग चुनावी तालमेल गरे । लिङदेन र सिटौलाका कारण उक्त क्षेत्रको चुनावी रौनक बढेको हो ।

सुनसरी-३
सुनसरी क्षेत्र नम्बर ३ मा पुरानै अनुहारबीचको भिडन्त हेर्नलायक छ । बहालवाला उपप्रधामनत्री विजयकुमार गच्छदार र भगवति चौधरीबीच यहाँ प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाईंका रुपमासमेत हेरिएको छ ।दोस्रो संबिधानसभा निर्वाचनमा झिनो मतान्तरले हार व्यहोरेकी चौधरी यस पटकको चुनाव हत्याउने पक्षमा छिन् भने कांग्रेसका नेता गच्छदार चुनाव जितेरै छोड्ने मनसायमा छन ।

यो पनि हेर्नुहोला:
Comments
Loading...