Nepali News Portal

सौगातको ‘पञ्चेबाजा’ यहि फागुन ११ गते देखि देशभर प्रदर्शनमा

0

विराटनगर, मंसिर २०
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘पञ्चेबाजा’ यहि फागुन ११ गते देखि देशभर प्रदर्शनमा आउन लागेको छ । फिल्मको रिलिज मिति नजिक आउदा फिल्मले प्रचार प्रसारको सुरुवात गरेको छ । सौगातले यस फिल्ममा विकट गाउँको एक साधारण यूवकको भूमिका निर्वाहा गरेका छन् ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यस फिल्ममा सौगातका साथ कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायत कलाकारहरुको अभिनय रहेको छ । निउ भेनस फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर प्रस्तुत भएका छन् ।

राजेश शाही निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीले संगीत भरेका छन् । फिल्म बनाउन कुनै पनि कसर बाँकी नराखेको निर्माता शाहीले आफूले राम्रो बताएका छन् । दीर्घ खड्काको सम्पादन रहेको यस फिल्मलाई उत्तम न्यौपानेले मिक्सिङ गरेका हुन् भने फिल्ममा हरि घले लामाको छायांकन रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...