नेवार समुदायको ‘योमरी पुन्ही’को र्‍यालीमा ‘फिर्के’को प्रचार

0

विराटनगर, मंसिर २०
पुष २१ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ टीमले शनिवार नेवार समुदायले विशेष उल्लासका साथ मनाउने ज्यापु दिवस तथा ‘योमरी पुन्ही’संग पर्व मनाउदै फिल्मको प्रचार प्रसार गरेको छ । ‘फिर्के’ निर्माता तथा मुख्य कलाकार सुलेमान शंकर, निर्देशक रवि डंगोल लगायत फिल्मका अन्य कलाकारले नेवारी पहिरनमा सुन्धारा मंगलटोलबाट असन हुँदै हनुमान ढोकासम्म भएको र्‍यालीमा समेत सहभागी जनाएका थिए ।

सुलेमानले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको र सबैको साथ र सहयोगले गर्दा फिल्म राम्रो बनेको दाबी गर्दै दर्शकले खोजेस्तो स्वाद फिल्ममार्फत दिने कोसिश गरेको बताएका छन् । उक्त फिल्मलाई टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । रविले यसअघि ६ वटा नेवारी फिल्म निर्देशन गरिसकेका छन् ।

‘ईकु’ र ‘ईकु २’ फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरको प्रस्तुतीमा बनेको यस फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ओमलाल गुरुङ् र राजेश श्रेष्ठको संयुक्त निर्माणमा तयार भएको यस फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् । अभिमन्यू निरबीको लेखन रहेको यस फिल्मलाई राम कुमार केसीले छायांकन गरेका हुन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ फिल्मलाई काठमाडौँ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW