Nepali News Portal

विशेषज्ञका सुझाव: नवजात शिशुको हेरचाह यसरी गनुहोस्

0

बच्चा जन्मेदेखि २८ दिन वा १ मिहनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । नवजात शिशु अवस्था सबैभन्दा संवेदनशील उमेर हो । यस उमेरमा बच्चालाई बाहिरी वातवरणमा समायोजन हुन निकै कठिन हुन्छ । बच्चालाई विशेष हेरचाहा र वातवरणमा समायोजन हुन नसकेकै कारणले धेरै शिशुको मृत्यु हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार नेपालको सन्दर्भमा हजार नवजात शिशुमा ४० को मृत्यु हुनेगरेको छ । त्यसैले नवजात शिशुको विशेष हेरचाह गर्नु अति आवश्यक रहेको छ । यस अवस्थामा शिशुलाई कसरी हेरचाह गरी स्वास्थ्य राख्ने भन्नेबारे स्वास्थ्य विशेषज्ञ डा. विनोदकुमार शाह यसरी बताउँछन् :

नवजात शिशु अवस्था किन बढी संवेदनशील हुन्छन ?
– गर्भावस्थामा पूर्ण रुपमा आमामा निर्भर रहेको बच्चाको जन्म भैसकेपछि उस्ले अब यो अवस्थाबाट आत्मनिर्भरतर्फ केन्द्रित हुनुपर्नाले ।

– शिशुले अब आफ्नो खानाका लागि आफै तयार हुनुपर्छ । यानी, आमाको दुध चुस्नु पर्छ ।

– पहिलो पटक बाहिरी वातवरणमा घुलमिल हुनुपरेकाले बाहिरी वातावरण (तातो, चिसो, घाम, पानि) सबै कुराबाट बच्न मुस्किल हुन्छ ।

– यस अवस्थाको पहिलो चरणमा बच्चा सालनालसहित हुने भएकाले यदि त्यसमा विशेष सवाधानी नअपनाए विभिन्न किसिमका सङ्क्रमण भई शिशुको मृत्युसम्म हुनसक्छ । शिशुको साल, नाल काट्दा विशेष सावधानी अपनाउनु पर्छ ।

– यो अवस्था शिशुको हरेक क्रियाकलाप नौलो र चुनौतीपूर्ण अवस्था हो । किनकि, बच्चा अब बाहिरी वातावरणमा घुलमिल भई आफै आत्मनिर्भरतर्फ केन्द्रित हुनुपर्ने हुन्छ । त्यसैले नवजात शिशु आवस्था एकदमै संवेदनशील हुन्छ । यो अवस्थामा बच्चाको विशेष रेखदेख र ध्यान पुर्याउनु पर्छ ।

शिशु अवस्थाका लागि आमाको दूध अमृतसमान मानिनुको कारण :
– शिशु जन्मिएको आधा घण्टाभित्र आमाको बेगौती दूध खुवाइसक्नु पर्छ । आमाको पहिलो बेगौती दूध खुवाउँदा शिशुको शरीरभरी पुग्छ ।
– बिगौती दूध शिशुका लागि पहिलो खोपसरह हुन्छ ।
– आमाको दूधले नै शिशुमा रोगप्रतिरोधात्मक क्षमताको रक्षा र विकास गरी शिशुलाई स्वस्थ्य राख्न प्रमुख भूमिका खेल्दछ ।
– यस अवस्थाको आमाको दुधमा प्रशस्त मात्रामा ‘भिटामिन ए’ पाइने हुँदा शिशुको आन्द्रा तथा नसाहरु परिपक्व बनाउन तथा शिशुको शारीरिक तथा मानसिक वृद्धि विकासमा विशेष सहयोग आमाको दूधबाटै मिल्ने गर्छ ।

यस अवस्थामा देखापर्ने मुख्य समस्याहरु :
– यदि बच्चा पूरा उमेर नपुगी जन्मिएको भए सबै अङ्ग पुर्ण रुपमा विकसित भइनसकेको हुनसक्छ । यस अवस्थामा शिशुमा विभिन्न समस्याहरु आउनसक्छ ।
– शिशुलाई नयाँ अर्थात् बाहिरी वातवरणमा समायोजन हुन गाह्रो हुने ।
–शिशुलाई श्वास फेर्न, दूध चुस्न समस्या हुनका साथै आँखा, कानमा समस्या देखिन सक्छ ।
– यदि शिशुको विशेष हेरचाहा पुर्याइएन भने छालामा एलर्जी आउन सक्छ ।
– शिशुको नाभीबाट रगत बग्ने वा पाक्ने सम्भावना बढी हुन्छ । त्यसैले नाभी वा नाइटोमा बढी ध्यान दिनुपर्ने हुन्छ ।

यस अवस्थामा अभिभावकले ध्यान दिनुपर्ने कुराहरु:
– यस अवस्थामा आमाले शिशुलाई जन्मिएको आधा घण्टाभित्र दूध चुसाउनुपर्छ । स्थानपान गराउनु पहिले दूधलाई राम्ररी सफा गर्नुपर्छ ।
– बच्चा जन्मने बितिकै नुहाउनु हुदैन् । सफा कपडाले पुछ्नुपर्छ ।
– आमा र शिशु दुवैको स्वास्थ्यमा बढी सचेत हुनुपर्छ ।
– शिशुलार्ई दुई घण्टको फरकमा दूध चुसाउने गर्नुपर्छ ।
– बच्चालाई तातो पार्नेको लागि झ्याल ढोका सबै बन्द गरेर आगो, हिटर वा ब्रिकेट केहीमा पनि सेक्नु हुँदैन् । हल्का हावा खेल्ने, अक्सिजन छिर्ने खुल्ला ठाउँ हुनुपर्छ ।
– यदि नाइटो पाक्ने, दूध नचुस्ने, पिसा कम फेर्ने, आँखा तथा कानमा बढी समस्या र बढी रुने लगायतका समस्याहरु देखिएमा तत्काल अस्पताल लैजानुपर्छ ।
– यस अवस्थाका बच्चालाई आँखामा गाजल, कान वा नाइटोमा तेल लगाइदिने गर्नुहुँदैन । यसो गर्दा विभिन्न किसिमका सङ्क्रमण देखिन सक्छ ।
– सुत्केरी हुँदा अप्रेसन गर्नुपरेको परिस्थितिमा वा विशेष कारणबस् शिशुले आमाको दूध खान नपाएको अवस्थामा भने ल्याक्टोजिन वा गाईको दूधलाई विशेष सरसफाई गरेर चिकित्सकको सल्लाहा बमोजिम खुवाउनुपर्छ ।
– यो अवस्थामा आमा तथा अभिभावकले शिशुका लागि विशेष ध्यान दिनुपर्छ । यस अवस्थामा घरका अन्य सदस्यहरुले बच्चा र आमा दुवैको स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु जरुरि हुन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...