Nepali News Portal

विज्ञान–प्रविधिको क्षेत्रमा काम गर्न विराटनगरमा युवाद्वारा ‘ओरुमस’ स्थापना, के–के गर्छ यसले ?

0

 

कोशी अनलाइन
विराटनगर, मंसिर २०
विद्यार्थी तथा युवा पुस्ता लक्षित विज्ञान–प्रविधिको क्षेत्रमा काम गर्न विराटनगरमा प्रविधिमैत्री संस्था स्थापना गरिएको छ । गैरनाफामूलक भनिएको यो संस्थाको नाम ‘ओरुमस’ राखिएको छ ।

चार महिनाअघि जन्म दिइएको यस संस्थालाई अहिले विराटनगरको मुनालथपमा कार्यालय खोलेर काम थालिएको हो । ७ जना अलग–अलग शैक्षिक पृष्ठभूमि भएका युवाले सामूहिक रूपमा ‘टेक्नोलोजी र रोबोटिक्स’ को क्षेत्रमा काम गर्ने उद्देश्यसहित संस्था स्पथाना गरेको बताइएको छ ।

संस्थाको नेतृत्वदायी भूमिकामा प्रकाश सुवेदी, ऋशव आचार्य, प्रधुम्न घिमिरे, आकाश ओझा, समान निरौला, शिशिर दाहाल र सुजन दाहाल रहेका छन् ।

संस्थाका प्रकाश सुवेदीका अनुसार गैरनाफामूलक यो संस्थाले स्टिम (साइन्स, टेक्नोलोजी, इलेक्ट्रोनिक, म्यााथम्याटिक्स) भित्र रहेर विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्य लिएको छ ।

सोहीक्रममा संस्थाले हालसालै विराटनगरमा तीनदिने इलेक्ट्रोनिक्स वर्कसपसमेत सम्पन्न सम्पन्न गरेको छ । जसमा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी भएको संस्थाले जनाएको छ ।

वर्कससपमा बेसिक इलेक्ट्रोनिक्स तथा ‘रोबोटिक्स’बारे कक्षा दिइएको थियो । त्यसक्रममा सहभागी विद्यार्थीले चार परियोजना बनाएका थिए । जसमा ‘बाटोको स्ट्रिट लाइट कसरी चल्छ’ भन्नेबारे विद्यार्थीले प्रयोगात्मक शिक्षा पाएका थिए ।

संस्थाका अर्का सदस्य आकाश ओझाका अनुसार ओरुसमले आगामी दिनमा ‘रोबोटिक्स’को क्षेत्रमा विभिन्न प्रतियोगितासमेत आयोजना गरेर यसलाई अन्तर्राष्ट्रिय वर्कसपसम्म लैजाने योनजा रहेको बताएका छन् । उनका अनुसार ब्राजिल, नेदरल्यान्डस, इजिप्टमा हरेक वर्ष हुने अन्तर्रास्ट्रिय ‘रोबोटिक्स’ प्रतियोगितमा हरेक वर्ष प्रतियोगितामा नेपाली विद्यार्थीलाईसमेत पुर्याउने लक्ष्य संस्थाले लिएको छ ।

यसका साथै, संस्थाले अबका दिनमा हरेक महिना विभिन्न क्षेत्रका विद्यालयसँग सहकार्य गर्दै विज्ञानको क्षेत्रमा प्रयोगात्मक शिक्षा तथा ज्ञान प्रदान गर्ने उद्देश्य लिएको छ । त्यसका लागि आरुमसलाई ‘ओपन ल्याब’का रूपमा सञ्चालन गर्ने लक्ष्यसमेत लिइएको छ ।

जसमा विज्ञानको क्षेत्रमा विभिन्न नयाँ र फरक सोच तथा योजना भएकाले कार्यालयसँग समन्वय गरेर आफ्नै सोचका काम गर्न सक्नेछन् ।

संस्थाले सम्बन्धित विद्यार्थी तथा अन्य सरोकारवालालाई संस्थाको फेसबुक पेजमा जोडिएर सम्पर्क तथा सम्बन्धमा रहन सकिने जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...