Nepali News Portal

बाँस राखेर सीमा सिल !

0

काठमाडौं, मंसिर २०
निर्वाचन सुरक्षाका लागि काँकडभिट्टास्थित पूर्वीनाकासहित जिल्लाका सबै नाका सिल गरिएको छ। काँकडभिट्टा नाकामा बाँस राखेर सोमबार बेलुका ६ बजेबाट नाका सिल गरिएको हो।

काकँडभिट्टासहित दक्षिण–पूर्वी नाका भद्रपुर तथा अन्य छोटी नाका सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। नाका ७२ घण्टासम्म सिल हुने खबर लक्ष्मी काफ्लेले आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लेखेका छन्।

बिहीबार बेलुकी ६ बजेसम्म सवारीसाधन तथा सर्वसाधारण आवत–जावत गर्न पाउने छैनन्। अति आकस्मिक तथा संवेदनशीलता हेरेर प्रहरी र प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने बताइएको छ।

बोर्डर सिल गरिए पनि भारतबाट नेपालतर्फ आउनेलाई भने रोकिएको छैन। उनीहरूलाई आवश्यक कागजात हेरेर प्रवेश गराइएको प्रहरीले जनाएको छ।

यो पनि हेर्नुहोला:
Comments
Loading...