Nepali News Portal

पानी पिउने यस्तो छ नियम, यसरी पिउनुस् पानी:

0

हामि सबैलाई यो त थाहा नै होला कि, पानी पिउनु स्वास्थ्यको लागि एकदम लाभदायी हुन्छ । तर, पानी कति, कसरी र कहिले पिउने ? भन्नेबारे मानिसमा ठुलो अन्योल रहेको छ । यसबारे मानिसहरुको आ-आफ्नै प्रकारका तर्कहरु हुन सक्छन् । तर, पानी पिउँदा त्यसको मात्रा र समयबारे भने आयुर्वेदको आफ्नै नियम छ ।

आयुर्वेदका अनुसार यदि सहि मात्रा र समयमा पानी पिउने हो भने पिएको पानीले औषधि सरह काम गर्छ । तर, गलत तरिका र समयमा पानी पिउनाले यसले शरीरमा हानि पुर्याउने आयुर्वेदको भनाई छ । रिसको उत्तम औषधिका रुपमा मानिने पानीको मात्रा मानव शरीरमा ५०-६५% सम्म रहेको हुन्छ । पानी पिउनेबारे आयुर्वेदिक डा. अबरार मुल्तानी यसरि बताउँछन् :

– बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वाथ्यका लागि उत्तम हुन्छ । यसरि पनि पिउनाले शरीरमा डिटाक्स बनाउँछ र मिर्गौलालाई स्वस्थ बनाई राख्न काम गर्छ ।

– चिया, कफी पिउनुभन्दा अघि पानी पिउने गर्नुहोस् । यसले तपाईलाई एसिडिटीको समस्या हुन दिँदैन ।

– प्राय धेरै मानिसहरुको शारीरिक व्यायाम गरेपछि पानी पिउने बानी हुन्छ । तर, स्वास्थ्यका लागि भने व्यायाम गर्नुभन्दा दस मिनेट अघि पानी पिउनु राम्रो हुन्छ । यसो गर्नाले शरीरको शक्तिलाई कमजोर हुन दिदैन । र व्यायाम गरेसकेपछि तत्काल पानी पिउनु गर्नुहुदैन । व्यायाम गरेको १५-२० मिनेटपछि आराम गरेर पिउने गर्नुपर्छ । जसबाट शरीर हाइड्रेट हुने गर्छ ।

– हामी धेरै नेपालीहरुको खानासँगै पानी पिउने बानी हुन्छ । तर, यसरी खानासँगै पानी पिउनु भने त्यति स्वास्थकर मानिँदैन । खाना खानु भन्दा २५-३० मिनेटपछि मात्र पानी पिउनु उपयुक्त हुन्छ । यसबाट पाचन प्रणाली चुस्त हुनेगर्छ ।

– अपराह्नको खाजा खानुअघि पानी पिउनु उपयुक्त हुन्छ । यसरी पिएको पानीले खाजालाई हेभी बनाउन दिँदैन र पाचन प्रणालीमा पनि यसले सुधार गर्दछ ।

– तपाईलाई थकान लागेको बेला, केहि कुरामा रिस उठेको वा टेन्सन महशुस भएका बेला तपाईलाई असजिलो वा छट्पट हुनेगर्दछ । यस्तो अवस्थामा पानी पिउनाले ठुलो काम गर्दछ । त्यतिबेला पिएको पानीले तपाईको मस्तिष्कमा रिल्याक्स गराउने काम गर्छ ।

– हामी धेरैलाई यसबारे थाहा नुहुन सक्छ कि, नुहाउनुअघि पनि पानी पिउनु आवश्यक छ । नुहाउनु अघि पानी पिउनाले यसले शरीरको रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ ।

– राति सुत्नुअघि पानी पिउनु पनि स्वास्थ्यका लागि एकदम लाभदायी हुन्छ । सुत्नुअघि पानी पिउँनाले स्ट्रोक र हर्ट-अट्याक हुनबाट समेत जोगाउँने गर्छ ।

– पत्रिकाबाट

यो पनि हेर्नुहोला:
Comments
Loading...