पानी नपर्दा खोटाङमा हिउँदे बाली सुक्न थाल्यो

0

खोटाङ, मंसिर १९
पानी नपर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका क्षेत्रको हिउँदे बाली सुक्न थालेको छ। जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली मंसिरमै सुक्न थालेको हो।

सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहनलगायतका बालीनाली सुक्न थालेको जिष्ट कृषि फर्म बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्कीले बताए।

पानीका मुहान सुकेपछि पिउने पानीको समेत अभाव हुन थालेको स्थानीयबासीले बताएका छन्।

भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगेलगायतका बाली ओइलाएर सुकेको किसानको भनाइ छ। दुःख गरेर लगाएको मुख्य बाली नै सुक्न थालेपछि किसान चिन्तित छन्। पानी नपर्दा केराको बोटसमेत ओइलिन थालेको छ।

विशेषगरी दुधकोसी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ। यसअघिका वर्षसम्म भदौ असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ।
रासस

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW