Nepali News Portal

भीषण बाढीले अल्बानिया प्रभावित

0

एजेन्सी, मङ्सिर १८
भारी वर्षाका कारण आएको भीषण बाढीले अल्बानियाको जनजीवन प्रभावित भएको छ । बाढीबाट एकजनाले ज्यान गुमाएका छन् भने करिब ३०० घर डुबानमा परेका छन् । बाढीले विमानस्थल जलमग्न हुँदा आन्तरिक तथा वाह्य उडान रद्द गरिएका छन् । यसबाट १५ सय पर्यटक बिचल्लीमा परेका छन् । बाढीले बिजुलीका खम्बामा क्षति पुर्याएकाले विध्युत आपूर्ति ठप्प हुन पुगेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...