Nepali News Portal

प्रदेश–२ लाई मधेस प्रदेश बनाएरै छाड्छौं : उपेन्द्र यादव

0

सप्तरी, मंसिर १५
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ बाट दुईतिहाई बहुमत ल्याएर मधेश प्रदेश बनाइने बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्तामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मधेसका २२ जिल्ला खोसिएको भू–भागलाई समेत हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताउनुभयो ।

मधेशी जनतालाई अधिकारबाट वञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई समेत खोसिएको बताउँदै सप्तरी क्षेत्र नं २ का उम्मेदवार समेत रहेका यादवले हरेक तहमा बराबरीको अधिकारका लागि संघर्ष जारी रहेको बताउनुभयो ।
रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...