Nepali News Portal

लियो क्लव अफ युनिकले गर्यो बिरामीलाई फलफुल वितरण

0

विराटनगर १५ मङ्सिर २०७४ : विराटनगर लियो क्लव अफ युनिकले आज कोशी अञ्चल अस्पतालामा फलफुल वितरण गरेको छ ।

कोशी अञ्चल अस्पतालका एक सय बढी बिरामीलाई आज विराटनगर लियो क्लव अफ युनिकका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।

करिब दुई दर्जन सदस्यहरुको सहभागितामा भएको उक्त फलफुल वितरण कार्यक्रमपछि सहभागीहरुले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका थिए ।

क्लबका सदस्य पेरिस सुबेदीका अनुसार सामाजिक कार्यका अन्य कामहरु पनि क्लबको सक्रियताका साथ हुदैगरेको जानकारी गराए ।

लियो क्लब अफ विराटनगर युनिकले अन्तर्राष्ट्रिय लियो डे आउदै गर्दा लायन्स बिनोद राउत, चिरन्जीवी रेग्मी र अजय दाहालको विशेष सहयोगमा कोशी अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको हो।

यो पनि हेर्नुहोला:
Comments
Loading...