Nepali News Portal

छोराको जन्मोत्सवमा वृद्धवृद्धालाई भोजन

0

उत्तम पोख्रेल
बेलबारी,मङ्सिर १४
छोराछोरीको जन्मोत्सव मनाउँदा केक काट्ने संस्कारको विकास भइरहेका बेला मोरङको बेलबारी ३ का एक दम्पतीले आफ्ना छोराको जन्मोत्सव धार्मिक काम गरेर मनाएका छन् । बेलबारी ३ निवासी राज प्रसाई तथा प्रतिमा प्रसाईले आफ्ना दोस्रो सन्तानको पहिलो जन्मोत्सव केक नकाटी वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन तथा न्यानो कपडा दिएर मनाएका छन् ।

सन्तानले विदेशी संस्कार नभई नेपाली संस्कार सिकुन् भन्ने उद्देश्यले छोराको पहिलो जन्मोत्सव यसरी मनाएको बुबा राजनले बताए। उनीहरूले धनकुटाको बिशानती वृद्धाश्रमका ४८ जना वृद्धवृद्धालाई भोजनसहित दोसल्ला दिएर जन्मोत्सव मनाएका थिए । आयु बढ्दै जाँदा केक काट्नुभन्दा दिर्घायुको कामना गरेर छोराको जन्मोत्सव मनाएको आमा प्रतिमा प्रसाईले बताइन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...