Nepali News Portal

मनोरञ्जनात्मक कार्यक्रममा सगरमाथा स्कूलका विद्यार्थी र अभिभावक झुमे

0

विराटनगर, १४ मंसिर: विराटनगर–१२ स्थित सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

आज विद्यालयले आयोजना गरेको कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा १ देखि कक्षा ३ सम्मका करिब तीन सय विद्यार्थीसंगै अभिभावकहरुको सहभागी रहेका थिए ।

कार्यक्रम विद्यालयका अध्यक्ष बासुदेव न्यौपानेले उद्घाटन गरेसंगै विद्यार्थीहरुको कविता वाचन, नृत्य, गित, चुट्कीला, फेशन सो र नाटक लगायतका आकर्षणले भरिपूर्ण रहेको थियो ।

उपस्थीत अतिथी, शिक्षक तथा अभिभावकहरुले विद्यार्थीहरुको प्रतिभा एवं कला हेर्दै मन्त्रमुघ्द भएका थिए । त्यसैगरी अभिभावकहरुको पनि स्टेजमा सरिक भइ आजको कार्यक्रम उत्कृस्ट भएको विद्यालयका प्रधानाध्यापक बिनोद अधिकारीले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...