Nepali News Portal

त्रिविका उपकुलपतिद्वारा सुचना केन्द्रको उद्घाटन

0

काठमाडौं,मङ्सिर १२
त्रिभुवन विश्वविद्यालयमा नवनिर्मित सुचना केन्द्रको औपचारिक उद्घाटन सम्पन्न भएको छ । नेपाल क्याम्पस क्रुसेड फरक्राइस्ट्ले ५१ लाख ६० हजार ७ सय ५२ रुपैयाँको सहयोगमा बनाइदिएको अत्याधुनिक सुविधायुक्त सो भवनको त्रिविका उपकुलपति प्रा. डा. तिर्थराज खनियाँ र ग्लोबल एड नेटवर्क कोरियाका ह्यु योङ्ग चोइले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

यस केन्द्रमार्फत त्रिविलाई यसका सबै निकायसँग समन्वय गर्न , इन्टरनेट सुविधा प्रवाह गर्न र अन्य प्राविधिक कार्य सन्चालन गर्न सहयोग पुग्नेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपकुलपति खनियाँले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक अवस्थामा सुधार गर्दै यसलाई अनियमितता र भ्रष्टाचारबाट मुक्त गर्नमा यस केन्द्रको अहम भूमिका रहने बताए ।

यसैगरी, त्रिविका रजिस्ट्रार डिल्लिराम उप्रेतीले प्रविधियुक्त सेवा प्रणालीमार्फत योग्य जनशक्ति उत्पादन गर्नु नै त्रिविको मुख्य उद्धेश्य रहेको बताए । समारोहमा ग्लोबल एड नेटवर्क कोरियाका निर्देशक ह्यु योङ्ग चोइले भवनको साँचो रजिस्ट्रार उप्रेतीलाई प्रदान गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...