Nepali News Portal

चुनावी माहोलमा उचालियो नेप्से, धेरै कमाउनेमा बीमा कम्पनीका सेयरधनी

0

काठमाडौँ १०, मंसिर/ मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहोलसँगै सेयर बजार उकालो लागेको छ ।

कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्स २१ दशमलव ०५ अंकले उकालाे लागेको छ ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ८२ दशमलव १२ अंकले उकालो लागेको छ ।

आज जलविधुत समुह ६८ दशमलव ५ अंकले, लघुवित्त समुह २८ दशमलव ५२ अंकले,विकास बैँक समुह १८ दशमलव ९७ अंकले,बैँक समुह १८ दशमलव ७ अंकले, अन्य समुह १३ दशमलव ५९ अंकले,उत्पादनमुलक समुह ८ दशमलव १८ अंकले, फाइनान्स समुह २ दशमलव ७६ अंकले र होटल समुह १ दशमलव ४५ अंकले उकालोे लागेको छ ।
आज कारोबारमा आएका १५५ कम्पनीको १० लाख ७४ हजार १ सय ९६ कित्ता सेयरबाट ५९ करोड ४ लाख ४४ हजार ९ सय ११ रुपैयाको कारोबार भएको छ।

यो पनि हेर्नुहोला:
Comments
Loading...