Nepali News Portal

५० लाखमा मोवाईल शोरूम

0


उत्तम पोख्रेल
बेलबारी ÷मोरङको बेलबारी ३ मा बिहिबारबाट सुबिधासम्पन्न मोबाईल शोरुम सञ्चालनमा आएको छ । शोरुमको एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदीले उदघाटन गरेका छन । शोरुममा सबै
कम्पनीका मोबाई सर्बसुलभ मूल्यमा पाईनुका साथै मर्मतसमेत गरिने सञ्चालक रामचन्द्र खड्काले बताए । उनका अनुसार ५० लाख रुपैयाको लागतमा शोरुम सञ्लानमा ल्याइएको हो । शहरीकरणसँगै बेलबारीमा ग्राहकको माग बढेकाले आफुले शोरुम सञ्चालनमा ल्याएको उनले बताए । केहि समययता बेलबारीमा मोबाइल पसलप्रति व्यापारीको चासो बढ्न थालेको छ । बेलबारी बजारमा मात्र झन्डै ५० भन्दाबढी पसल खुलिसकेका छन । दुई महिनाअघि मात्र सिद्धार्थ ईलेक्टोनिक्सले ५० लाखभन्दा बढीको लगानीमा नया शोरुम खोलिसकेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...