Nepali News Portal

शैक्षिक संस्था ४ दिनका लागि बिदा

0

काठमाडौं, मंसिर ७
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्थामा ४ दिनको सार्वजनिक बिदा दिइएको छ।चुनावका लागि ४ दिनसम्म सरकारी तथा निजी विद्यालय र क्याम्पस बन्द गर्ने सरकारको निर्णय अनुसार बिदा दिइएको हो।

अधिकांश शैक्षिक संस्थामा मतदान हुने भएकाले सबैमा बिदा दिइएको शिक्षा मन्त्रालयको भनाइ छ। दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थामा भने आगामी १८ गतेदेखि २१ गतेसम्म बिदा दिइने छ।

धेरै जसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...