Nepali News Portal

एभरेस्ट केलजद्वारा विज्ञान प्रदर्शनी आयोजना

0

विराटनगर, मंसिर ६
मोरङको विराटनगर महानगरपालिका–५ मा रहेको एभरेस्ट कलेजले विज्ञान प्रदर्शनी गरेको छ । कलेजले विद्यार्थीलाई किताबी ज्ञानसँगै बहिरी ज्ञान प्रदान गर्न साथै बाहिरी क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउन विज्ञान प्रदर्शनी आयोजना गरेको कलेजका प्राचार्य टीकाराम पुरीले बताए ।

पुरीले अनुसार कलेजले विगत वर्षमा पनि यस्ता प्रदर्शनी गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताएका छन् । उनले यस्तो अतिरिक्त कार्यक्रमले विद्यार्थीमा भएको कला तथा क्षमता उजागर गर्न मदत पुग्ने बताए ।

विज्ञान समारोहमा कक्षा ११ का शशांक रिजाल पहिलो, कक्षा १२ का जिसान सिद्दिकी द्रोसो र कक्षा १२ कै लुना खतिवडा तेस्रो भए । त्यस्तै, विज्ञान प्रदर्शनीमा कक्षा ११ र १२ का विद्यार्थीले संयुक्त प्रदर्शनी गरेका थिए ।

विद्यार्थीको विज्ञान प्रदर्शनीको अभिभावक तथा कलेजका फाउन्डर विनोद ढकाल, राधा अधिकारी तथा प्राचार्य टीकाराम पुरीले अवलोकन गरेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...