Nepali News Portal

अब जनताकाे सामु तपाईं कुन रुपमा प्रस्तुत हुने ?

0

खुल्ला पत्र ,

कमरेड रामेछापको एउटा बिकट ठाउँमा जन्मिएर दलाल राज्यसत्ताको बिरुद्ध अाँधिबेरि ल्याउने र देशमा गणतन्त्र भित्र्याउन अहम भुमिका निर्वाह गर्नुभएको मा अाभारि छु । र म पनि त्यही भुमिको युवा भएकोले तपाईलाइ यो सवाल गर्दै छु, देश अहिले चुनावी माहोलमा हाेमिएकाे छ २०७० सालकाे सम्बिधान सवा निर्वाचन मा रामेछापका जनतामा तपाईं ले धेरै सपनाका थुप्रो बाँड्नुभएकाे थियोे , कयौं सपना पूरा भएहाेलान ।तपाईं गृहराज्य मन्त्री पनि बन्नुभयाे युवा नेताको रुपमा जनताले तपाईंलाई जिताएर पठाए पनि । तर बिडम्बना कमरेड २०७० सालमा तपाईंले एउटा यस्तो मिठाे सपना बाँड्नुभएकाे थियोे ,जुन सपनाले मेरा बा का अाेठमा हाँसो र खुसि काे अाभास झल्किएकाे थियो, वल्ला घर पल्ला घरका श्रमजीवी दाजुभाइ रमाएका थिए,समाजका शाेषक सामन्ती का खुट्टा कामेका थिए।

त्यो सपना जुन सपना ले समाजमा न्याय काे जन्म गराउदै थियोे । तर तपाईंले जितेर गएपछि चार वर्ष पछाडि गाउँले फेरि तपाईंको मुख देख्नै लागेको छन ।
दलाल हरु डराउन छाेडेका छन् ,मेरा बा हरु डराउन थालेका छन् तपाईं ७० सालमा भाेट माग्न अाउँदा ठडिएर रहेका गाउँका सबै महल र झुपडी भुकम्प ले ढले गरिबहरुले गुहार गुहार भन्दै गर्दा हाम्रो सांसदहरू संसद भवनबाट एउटा पाल च्यापेर मुस्कुराउदै हिँड्दा फटाहा पत्रकारले सम्पूर्ण दृश्य जनताको घरघरमा पुर्‍याउन भ्याए। बिडम्बना ढलेका ती महल त उठे तर झुपडी ले मेरा बा हरुलाई गिज्याइरहेकाे छ ।

लडेका झुपडी उठ्नलाई धेरै गाह्राे छ । तपाईंले अामा भन्दै भाेट मागेका मेरा बृद्धअबश्थाका हजुरबुबा हजुरअामाहरु धेरै टाढा पुगिसकेका छन्, जाे कहिले अब तपाईंको सपना नदेख्ने गरेर ।

पानीको हाहाकार त्यस्तै छ, गाउँमा जुवातास, भट्टि चलेकै छ शिक्षा काे कुरै नगराै धनिका सन्तान बाेर्डिङ पडेकै छन्, सडकको त झन के कुरा मेरा बा हरुले पैसाकाे अाशमा बर्खे झरि नभनि ज्यान दाउमा राखेर देउराली भिर भत्काएर बनाएको बाटोमा तपाईंको चिल्ला कारहरु झन्डा फहराउदै कुद्छन भन्ने सुनेको छु ।
तपाईंले चुनावि अभियानमा बिपक्षी उम्मेदवार कान्छाराम तामाङलाई राम्रै भाषण दिनुभयो, २/४ वटा एम्बुलेन्स र डाेजर बाँड्दैमा जनताले काङ्ग्रेस लाई भाेट दिदैनन् , संसद ,मन्त्री हुने हामी बजेट ल्याएर बाटो खनाउने हामी सम्म भन्न भ्याउनुभयाे ।

कमरेड तपाईंलाई मन्त्री बनाउने जनताले अाज के पाए ?
कमरेड तपाइले देखाएकाे खानेपानी घरघरमा भन्ने सपना कहाँ पुग्याे र तपाईं फेरि भाेट माग्दै अाउनुहुन्छ ?
हाम्रो ढलेकाे झुपडि कहिले उठाउछु भन्दै अाउनुहुन्छ ?
सिक्राल स्कुल देखि मेराे गाउँ सम्म बाटो खन्दा शाषकहरुले प्रत्येक घरघरबाट उठाएको ५००० पाँच हजार रकम तिरेको छ त्यो कुन बिकाश अन्तर्गत पर्छ ?
२०६२/६३ ताका साउन भदौमा खेति लाउन छाडेर मिल्ती फुलासि सडक खण्डको साउनेपनि माेडदेखि अल्छेढुङ्गा सम्मका ती भिर पाखा, ढाँड खनाएकाे पैसा मेरा बाहरुले कहिले पाउने ?

जुन सडकखण्डकाे रकम जिविस बाट निस्कासन भैसकेको बुझिन्छ त्यो कुरा तपाईंलाई ७० सालमा अवगत गराउदा श्रमजीवी सबैलाई पैसा दिलाएर अपराधीलाई कार्वाही गर्ने बाचा कहाँ पुग्यो ?
तामाकोसी काे पानि गेलु मा ल्याउने काम कहाँ पुग्यो ?
मा .वि सिक्राललाइ उ .मा .वि बनाउने काम कहाँ पुग्यो ?
फुलासि गेलु सडक बिस्तार र पिचको काम कतिभयाे?
कमरेड अब त जनता अाजित भैसकेकाछन् तपाईं हरुकाे ताल देखेर घरि काङ्ग्रेस सँग ढल्किनुहुन्छ , घरि एमाले तिर ढल्कनुहुन्छ, १० बर्षै जनयुद्धको उपलब्धि गुम्ने खतरामा छ ।
शहिदका परिवारहरु अाज सम्म न्याय काे ढाेका हान्न बाध्य छन् ।
कमरेड तपाईं कलियुगकाे राम भनाै कि रावण ?
शसस्त्र जनयुद्द ताका श्यामकुमार गाउँ छिर्दा गाउँलेहरु त्राहि त्राहि हुने गर्थे , अाज कहाँ राँके जुलुशमा जानुपर्ने हाे भनेर , घरि तपाईहरुकाे धम्की त घरि सेनाका लात्ती खाएका मेरा बाहरुले शान्ति सम्झौता पश्चात् तपाईंको त्यो कठाेर रुप परिवर्तन भई देवरुपकाे दर्शन पनि गराउनुभयाे २०७० सालमा । तर त्याे देवरुप क्षनिक बन्दियाे ,सपना बन्दियाे र बिगत चारबर्ष देखि जनता त्यहि सपना भित्र हराउन बाध्य छन्, अब जनताकाे सामु तपाईं कुन रुपमा प्रस्तुत हुने ?
कमरेड अाराेप र प्रत्याराेप सुन्दा सुन्दा जनता वाक्क दिक्क भैसके । अब देखाएको अाशालाई साकार पार्नुस र समृद्द रामेछापको सपना पूरा गर्दै शहिदकाे सपनालाई साकार पार्नुस बिजयकाे शुभकामना ।
प्रविण अधिकारी
रामेछाप

यो पनि हेर्नुहोला:
Comments
Loading...