Nepali News Portal

पीआईईआर संगको सहकार्यमा फेकनले अष्ट्रेलिया एजुकेशन सम्बन्धी प्रशिक्षण प्रदान

0

काठमाडौँ २, मंसिर / स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आफ्ना सदस्यहरुलाई राजधानिमा एक कार्यक्रमको आयोजना गरी अष्ट्रेलियन एजुकेशन ऐजेन्ट ट्रेनिङ्ग कोर्षको समापन तथा प्रमाणपत्र वितरण गरेको छ । ६ दिन सम्म सञ्चालन गरिएको उक्त ट्रेनिङ्गले परामर्शदाताहरुलाई अष्ट्रेलियाको एजुकेशनका बारेमा जानकारी दिएको आयोजक संस्था फेकनले जनाएको छ । संघ भित्रका ५० भन्दा बढि संस्थाका प्रतिनिधीले उक्त ट्रेनिङ्ग लिएका थिए ।


कार्यक्रममा बोल्दै संघका अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श व्यवसायलाई व्यस्थित बनाउन र संघभित्रकै विज्ञबाट अष्ट्रेलियन एजुकेशन अनलाईन पीआईईआर संगको सहकार्यमा अष्ट्रेलिया एजुकेशन सम्बन्धी प्रशिक्षण प्रदान गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले संघको प्रयासबाट नै परामर्श व्यवसायलाई हेर्ने सरकार र आम मानिसको दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको बताए । उनी भन्छन् “फेकनले आगामि दिनमा यस्ता कार्यक्रम गर्दै आफ्नो संघमा आवद्ध परामर्शदाताहरुलाई प्रशिक्षण प्रदान गर्छ र यो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्दै जान्छौँ ”।


कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका प्रतिनिधी शैक्षिक परामर्श शाखाका अधिकृत तारानाथ निरौलाले यस्ता तालिमबाट यस व्यवसायलाई व्यस्थित बनाउन मदत पुग्ने र यस्ता प्रशिक्षणले शैक्षिक क्षेत्रको बिकृति हट्दै जाने बताउनु भयो, भने (फेकन)लाइ धन्यवाद दिनु भएको थियो l यसैगरि
नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डे,डिआईजी माधव प्रसाद नेपाल लगायतले कार्यक्रममा वोल्दै नेपालको परामर्श व्यवसायमा देखिएका समस्या समाधान गर्दै लानुपर्ने र राज्यले पनि यसलाई व्यवस्थीत गर्न अझ बढि जागरुकता देखाउनुपर्ने बताएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...