Nepali News Portal

एनालग केबलको प्रसारण बन्द

0

काठमाडौं , कात्तिक २९
सुचना तथा संचार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग प्रविधिको केबल टिभी प्रसारणमा रोक लगाएको छ।

संचार मन्त्रालयअन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाले प्रसारणमा रोक लगाउँदा उपत्यकावासीले टेलिभिजन हेर्न पाएका छैनन्। फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपाल नेतृत्वको टोलीले राजधानिका विभिन्न केबल स्टेसनहरुको अनुगमनपछि एनालग सिग्नल बन्द गरेको हो। केबल टिभी व्यवसायसम्बद्द संगठनहरुकै अनुरोधमा देशभरका एनालग केबललाई डिजिटलमा रुपान्तरण गर्न लागिएको संचार मन्त्रालयको जिकिर छ।

डिजिटल प्रविधिको सहायताले प्रयोगकर्ताको संख्या यकिन भई राजश्व असुलीमा वृद्धि हुने सरकारको अपेक्षा छ । सरकारले सबै केबल संचालकलाई बुधबारदेखि अनिवार्यरुपमा डिजिटल सेवा प्रवाह गर्न निर्देशन दिएको केबल संचालक बताउँछन्। डिजिटल टेलिभिजन सेवा लिन ग्राहकले २ देखि ३ हजार रुपैयाँ पर्ने सेट टप बक्स जडान गर्नुपर्नेछ। सरकारले प्रसारण सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप समायोजन गर्न लागेको तर्क गरेपनि यसले नागरिकमाथि आर्थिक भार पर्ने देखिन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...