Nepali News Portal

पहिचान, पहुँच र प्रतिनिधित्वका लागि कांग्रेसको जित आवश्यक : कोइराला

0

विराटनगर, कात्तिक २८
नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । विराटनगर महानगरपालिका–१२ का विभिन्न स्थानमा भएको चुनावी अभियान कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै कोइराललाले लोकतन्त्रको सुचिश्चितता कांग्रेसबाट मात्रै सम्भव हुने बताए । उनले समग्र विराटनगरको विकास र प्रादेशिक राजधानी विराटनगरलाई बनाउन नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै आगामी ५ वर्षभित्रमा क्षेत्र नम्बर ६ भित्रका फुस्का घरलाई टिनको घरमा रूपान्तरण गर्ने आश्वासन दिए ।
कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार चुमनारायण तबदारले समग्र क्षेत्र नम्बर ६ को विकास र समृद्धिका लागि कांग्रेसलाई साथ दिन आग्रह गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...