LG
Ultra

गिरिजाप्रसादको उत्तराधिकारी मिनेन्द्र हुन् : सुजाता कोइराला

0

 

विराटनगर, कात्तिक २८
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना बुबा गिरिजाप्रसाद कोइरालाको सपना साकार गर्न मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसको जित आवश्यक रहेको बताएकी छन् । कांग्रेसको क्षेत्रीय समितिको आयोजनामा मोरङको सुनवर्षी नगरपालिकाको बिपी सेवा केन्द्र डायनियाँमा पार्टीका क्रियाशील सदस्यलाई सम्बोधन गर्दै कोइरालाले भनिन्, ‘यो क्षेत्रमा गिरिजाबाबुको योगदान रहेको छ, त्यसैले यसलाई कम्युनिस्टको हातमा जान दिनुहुन्न ।’

नेतृ कोइरालाले बाबुले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताइन् ।

उनले विकासका सबै कामको काँध उठाउने जिम्मेवारी पार्टीले प्रतिनिधिसभाका उम्मेदवार मिनेन्द्र रिजाललाई दिएको बताइन् ।

कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेदवार डा. मिलेन्द्र रिजालले संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन नै मजबुुत जग निर्माण भएकाले मुलुक समृद्धिको चरणमा प्रवेश गरेको बताए ।

 

यो पनि हेर्नुहोला:
Comments
Loading...