Nepali News Portal

घरेलु मैदानमा नेपाल फिलिपिन्ससँग बराबरीमा रोकियो, अनिलको सुखद् बिदाइ

0

काठमाडौं, कात्तिक ८
एसियन कप २०१९ छनौटअन्तर्गत मंगलार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पाहुना टोली फिलिपिन्ससँग गोलरहित बराबरीमा रोकिएको छ । राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले १० वर्षे अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेलमा बलियो प्रतिस्पर्धिसँग नेपालले सम्मानजनक खेल खेल्दै अनिलको सुखद् बिदाइ गरेको हो ।

सन् २००७ मा विश्वकप छनौटक्रममा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले आज ५०औं खेल खेल्दै सन्यास घोषणा गरे ।

यु–१६ उमेर समूहको राष्ट्रिय टोलीबाट फुटबल यात्रा थालेका अनिलले यु–१९, यु–२३ हुँदै राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए । ३१ वर्षीय उनले देशका लागि कूल ९ गोल गरेका छन् ।

 

 

यो पनि हेर्नुहोला:
Comments
Loading...