Nepali News Portal

प्रियंकाले उत्तेजक कपडा लगाउन नमानेको कारणले १० वटा चलचित्र गुमाईन्

0

 

एजेन्सी, कार्तिक २८
हलिउड तथा बलिउडमा यतिबेला एकपछि अर्को यौनउत्पीडन र बलात्कारका खबरहरु बाहिरिदै आइरहेका छन् । यस विषयमा मौन रहेको बलिउड चलचित्र उद्योगमा अभिनेत्री प्रियंका चोपडाकी आमा डा. मधु चोपडाले कुनै व्यक्तिको नाम नलिँदै हिन्दी चलचित्र उद्योगको बारेमा केही खुलासा गरेकी छिन् । शुक्रबार हैदराबादमा आयोजित भएको २० औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मधुले आफ्नो छोरी प्रियांकाले बलिउडमा आफ्नो करियरको शुरुवात गर्दा भोगेका अप्ठ्याराहरुको खुलासा गरेकी हुन् ।

प्रियंका मात्र १७ वर्षको उमेर हुँदा बलिउडमा प्रवेश गरेको र आफू जहिले पनि उनीसँगै रहने बताउदै डेक्कन कोर्निकलसँग छोरी प्रियंकाले भोगेका दुई घटनाहरु सुनाएकी छिन् । मधुले भनिन्, ‘प्रियंका मात्र १७ वर्षको थिइन्, जब उनी बलिउडमा प्रवेश गरिन् । त्यही भएर म जहाँ जाँदा पनि उनीसँगै जान्थे। एक दिन एक जनाले भने – मैले कथा सुनाउँदा तपाईंको मम्मी बाहिर बस्न सक्नुहुन्छ ? जवाफमा प्रियंकाले उनलाई – यदी यो कथा मेरो आमाले सुन्न सक्नुहुन्न भने फिल्म नगर्ने भनेपछि उनले ठूलै ब्यानरको प्रोजेक्ट छाडिन् ।’

प्रियंकाले उत्तेजक कपडा लगाउन नमानेको कारणले मात्र पनि १० वटा चलचित्र गुमाउनु परेको मधुले बताएकी छिन् । ‘एक जना निर्देशकले डिजाइनरलाई प्रियंकाका लागि उत्तेजक कपडा बनाउन निर्देशन दिएका थिए । उनको भनाई थियो मिस वल्र्डको सुन्दर शरीरलाई क्यामरामा देखाउन पाइएन भने उनलाई लिएको के काम ? प्रियंकाले त्यो चलचित्र गर्न मानिनन् । यस्तै कारणले उनले अन्य १० चलचित्र गुमाएकी छिन् ।

उनले यस कुराको मतलब नगरी यो जीवनको अन्त्य होइन, जीवन योभन्दा अमूल्य छ भन्ने आशाका साथ् उनि अगाडी बढी रहिन् । हलिउड गएपछि प्रियंकाले हालसम्म कुनै समस्या नभोगेको र अहिलेसम्म सबैबाट उनले सम्मान पाएको बताएकी छिन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...