Nepali News Portal

रेविकाले दिईन् ‘लिलिबिलि’ छोड्नुको कारण

0

विराटनगर, कार्तिक २८
अधिकांश छायांकन बेलायत र स्कटल्याण्डमा हुने फिल्म ‘लिलिबिली’को लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएको र फिल्मका कलाकारले पत्रकार सम्मेलनमै बडिगार्ड लिएर इन्ट्री मारेपछि यो फिल्मको विषयमा निकै चर्चा भएको थियो । फिल्मकी मुख्य नायिका रेविका गुरुङको भिषा नेपालस्थित बेलायती दूतावासले दुई पटक अस्वीकृत गरेपछि ‘लिलिबिली’को सुटिङ सुरु हुन ढिलाई भएको थियो ।

निर्माण टीमले फिल्ममा नायिकानै चेन्ज गर्दै रेविकाको ठाउँमा नायिका प्रियंका कार्कीलाई लिएका छन् । फिल्मको छायांकन सुरु गर्नका लागि कलाकार सहित निर्माण टिम बेलायत प्रस्थान गरिसकेको छ । ‘लिलिबिली’मा प्रदीपले प्रियंका कार्की र नव नायिका जसिता गुरुङसँग रोमान्स गर्ने पक्का भएको छ । रेविकाले यस फिल्मबाट बाहिरिनुको कारण खुलाएकी छिन् ।

‘लिलिबिली’का निर्देशक मिलन चाम्सलाई ट्याग गरेर ‘उनले आफ्नै निर्णयले ‘लिलिबिली’ छाडेको उल्लेख गर्दै फिल्मबाट बाहिरिएपछि धेरै अफवाहहरु चलेपनि ति मध्ये सबै सत्य नभएको र मेरा सबै सहकर्मीहरुले मेरो स्वास्थ्य अस्वस्था सामान्य होेस् भनेर प्रतिक्षा गर्नुभएको थियो । मेरो भिषा पनि अस्वृकित हुनु एकै समयमा परेको हुनाले मेरो कारणले प्रोजेक्ट नारोकियोस भनेर म आफैले यो निर्णय लिएको भन्दै आफ्नोे आधिकारीक फेसबुक मार्फत फिल्म ‘लिलिबिली’ प्रोजेक्ट छाड्नु आफ्नो डिसिजन रहेको बताएकी छिन् ।’

यो पनि हेर्नुहोला:
Comments
Loading...