Nepali News Portal

रिश्माको ‘सिन्कीको अचार’ गीत सार्वजनिक (भिडियो सहित)

0

विराटनगर, कार्तिक २८
‘सिन्कीको अचार’बोल गरेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोलाइ युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक विजय रुम्बा लामाको स्वोर सुन्न सकिन्छ । विकास सुबेदीको निर्देशनमा तयार भएको यस भिडियोमा रिश्मा गुरुङलाई गायक विजयले नै प्रस्तुतिमा साथ दिएका छन् ।

गीतमा डिपि खनालका शब्द रहेको छ भने सुवास भुषालको संगीत भरेका छन् । उदय राज पौडेलले एरेन्ज गरेको गीतको यस भिडियोको सम्पूर्ण छायांकन बन्दिपुरमा गरिएको छ । शिलन लम्सालको सम्पादनमा तयार भएको यस गीतको भिडियोलाई
अनिल कुमार मानन्धरले छायाँकन गरेका हुन् ।

चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राईको सोल्टीनीको भूमिका निर्वाह गर्दै अभिनयमा भित्रिएकी र निकै चर्चा कमाएकी अभिनेत्री रिश्मा गुरुङ लामो समयपछि यस गीत मार्फत फेरी अभिनयमा देखिएकी छिन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...