Nepali News Portal

मलेसियाबिरुद्ध नेपालको ८ विकेटको जित

0

विराटनगर, कात्तिक २८
मलेसियामा जारी एसिसी यु–१९ एसिया कपअन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि रवाफिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ८ विकेटले स्तब्ध पारेको हो ।

४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ५.३ क्षतिमा ओभरमा विजयी लक्ष्य भेट्टायो । नेपालका लागि ओपनर अनिलकुमार साह २६ तथा भीम सार्की ३ रन बनाएर नटआउट रहे । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले १२ र मोहम्मद आसिफ सेख ४ रनको योगदान दिए ।

वर्षाबाट प्रभावित आजको खेललाई छोट्याएर २४ ओभारमा झारिएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनको झिनो स्कोर खडा गरेको थियो ।

मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्वाधिक २० तथा विरनदीप जग्गित सिंहले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोडेनन् । जब कि, मलेसियाका ६ जना ब्याटसम्यान त शून्य रनमै आएट भए ।

मलेसियाविरुद्ध निकै घातक बलिङ गरेका नेपालका लागि सन्दीप लामिछानेले आज एक्लैले ५ विकेट लिए । त्यस्तै, साहब आलम, दीपेन्द्रसिंह ऐरीले समान २ तथा अनिलकुमार साहले १ विकेट आफ्नो नाममा लेखाए ।

जारी प्रतियोगितामा यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले हारेको थियो । त्यसपछिको दोस्रो खेलमा भने नेपालले बलियो टिम भारतमाथि १९ रनको जित निकालेको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...