Nepali News Portal

‘ऐश्वर्य’ नोभेम्बर १९ तारिखका दिन जापानको टोकियोमा प्रदर्शन

0

विराटनगर, कार्तिक २८
यस वर्षको हिट फिल्म ‘ऐश्वर्य’ अब विदेशमा समेत प्रदर्शन हुने भएको छ । फिल्मको पहिलो विदेश प्रदर्शन जापानमा हुने भएको छ । निर्माता तथा अभिनेता रमेश उप्रेती फिल्म लिदै यसै हप्ता जापान उड्छने भएका छन् । फिल्मको पहिलो शो नोभेम्वेर १९ मा हुने रमेशले बताएका छन् ।

जापानमा वास गर्दै आएका नेपालीहरुका लागि फिल्म ‘ऐश्वर्य’लाई नोभेम्बर १९ तारिख आईतवारका दिन टोकियोको नाकानो जेरो हलमा प्रदर्शन हुने पक्का भएको छ । टोकियोसँगै तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य प्रमुख शहरहरुमा पनि यो प्रदर्शन हुँदैछ ।

रमेश उप्रेतीको प्रस्तुति रहेको यस फिल्मलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका छन् । ‘तिमी रोएको पल’ बोलको गीत निकै चर्चामा रहेको फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक दीवाकर भट्टराईले लेखेको कथालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...