Nepali News Portal

सन्दीप एक्लैले ५ किकेट लिएपछि मलेसिया ४५ रनमा समेटियो

0

विराटनगर, कात्तिक २८
मलेसियामा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ४५ रनमै अलआउट गरिदिएको छ । खेल वर्षाबाट प्रभावित भएपछि २४ ओभरमा छोट्याइएको थियो ।

मलेसियालाई सस्तैमा समेट्न युवा बलर सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । उनको घातक शानदार बलिङसामु मलेसिया १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटियो ।

नेपालका लागि सन्दीप लामिछानेले ४.३ ओभर बलिङ गर्दै मात्रै ८ रन खर्चिए । त्यस्तै, नेपाली टिमका कप्तान दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिलकुमार साहले १ विकेट झारे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि सैफ उल्लाह मल्लिकले १३, आजिद सायद मुबारकले १२ रनबाहेक अन्य कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...