Nepali News Portal

भिमफेदी गाइजको ‘सिरिमा सिरी बतासै चल्यो’ सार्वजनिक (भिडियो)

0

विराटनगर, कार्तिक २८
गीतकार राम रेप्चुङ राईको नयाँ गीत ‘सिरिमा सिरी बतासै चल्यो’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा चर्चित गायिका मेलिना राई र दल जेरी राईको स्वर सुन्न सकिन्छ भने गीतमा बसन्त सापकोटाले संगीत भरेका हुन् ।

म्युजिक भिडियोमा अहिलेका चर्चित डान्स गु्रप ‘भीमफेदी गाइज’ र मोडल शिल्पा तामाङको प्रस्तुति रहेको छ । भिडियोलाई ‘भीमफेदी गाइज’का प्रमुख सदस्य निर्मल लामाले आफै निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । डान्सिङ बिटमा अगाडी रहेको ‘भीमफेदी गाइज’ रहेको पुर्वेली लोकशैलीमा आधारित ‘सिरिमा सिरी’ गीत सहित यसको भिडियो पनि निकै राम्रो बनेको गीतकार रामले बताएका छन् ।

टेकेन्द्र शाहको सम्पादनमा तयार भएको यस म्युजिक भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् । केही साताअघि मात्र सार्वजनिक भएको गीतकार राइको पूर्वेली लोक आधुनिक ‘सोल्टिज्यू’ बोलको गीतले सांगीतिक बजार तताइरहेको समयमा उनले फेरी अर्काे भिडियो ल्याएका हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...