Nepali News Portal

मलेसियाविरुद्ध नेपालले टिस जितेर फिल्डिङ रोज्यो, खेल २४ ओभरमा छोट्याइयो

0

विराटनगर, कात्तिक २८
मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कपअन्तर्गत नेपाल र मलेसियाबीच खेल हुँदैछ । खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

वर्षाका कारण प्रभावित आजको खेललाई छोट्याएर २४ ओभरमा झारिएको छ । यो खेल नेपालका निकै महत्त्वपूर्ण हुनेछ । यही खेलबाट नेपालको सेमिफाइनलको यात्राबारे टुंगो लाग्ने छ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतलाई १९ रनले हराएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...