सिरहा जिससमा वाम गठबन्धन विजयी

0

लहान, कात्तिक २८
जिल्ला समन्वय समिति सिरहामा एमाले र माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। सोमबार भएको मतदानमा समन्वय समितिको संयोजकमा माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा एमालेका सरोजकुमार यादव विजयी भएका हुन्।

संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८÷१८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजकका प्रतिस्पर्धी काँग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।

त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका कृष्णमाया कामी, एमालेकी गीताकुमारी पासवान र नुरजहाँ खातुन विजयी भएका छन्। समितिका अन्य सदस्यमा माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साह विजयी भएका छन्।

दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित भएकी छन्। सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना मध्ये ३३ जनाले मतदान गरेका थिए।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW