Nepali News Portal

लगातार बढ्दै सुनको भाउ, आज कति छ ?

0

विराटनगर, कात्तिक २७
पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर बढ्नेक्रम जारी छ । हिजोको तुलनामा आज सुनको भाउ प्रतितोलामा सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार हुँदा तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भएको थियो ।

आज छापावाला सुन तोलाको ५६ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ५५ हजार ७ सयमा किनेबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेर तोलाको ७ सय ६५ रुपैयाँ पुगेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...